Thursday, October 6, 2022

अब चितवनबाटै सवारी चालक अनुमतिपत्र पाईने

यातायात व्यवस्था सेवा कार्यालयले अब चितवनमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने योजना बनाईरहेको छ । चितवनमा कार्यालयले दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे साना मझौला र ठूला सवारीसाधनको लाइसेन्स वितरण गर्न लागेको हो । कार्यालयले जेठको दोस्रो सातादेखि सेवा सुचारु गर्ने हिसाबले तयारी तिर्व रुपमा थालेको छ । यसका लागि कार्यालयले परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ।

कार्यालयले प्रयोगात्मक परीक्षाका लागि वैशाख २ गते  परामर्श सेवा प्रस्ताव आह्वान गरेको थियो । प्रस्तावहरु टन्नै आएका र यसको विस्तृर अध्ययन गरी काम अघि बढ्ने बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव नेत्र शर्माले जनाएका छन् । चितवनमा सुरुमा सातामा एकपटक परीक्षा लिने गरी तयारी गरिएको छ।

हाल चितवनवासी लाइसेन्स लिन काठमाडौँ वा हेटौँडा पुग्नु पर्ने अवस्था रहेको छ । यो बाध्यताको अब अन्त्य हुने र सर्वसाधरणको पैसा र समय बचत हुने शर्माले बताए ।

कार्यालयले  बागमती प्रदेशमा वार्षिक एक लाख नयाँ अनुमतिपत्र वितरण गर्दै आएको छ । प्रदेशमा करिव १८ लाख मानिससँग लाइसेन्स भएको कार्यालयले जनाएको छ ।

 

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here