Monday, November 28, 2022

एक्सपल्स २०० फोर भी नेपाल आउँदै, यस्तो छ मूल्य

नयाँ वर्षलाई लक्षित गरेर नेपाल जनरल मार्केटिङ प्रालिले एक्सपल्स २०० को फोर भी नेपाली बजारमा ल्याउने भएको छ । चैत्र १८ गते देखि फोर भीको विक्री सुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले अहिलेसम्म यसको नेपाली मूल्य कति भनेर आधिकारिक रुपमा निर्धारण गरेको छैन् । तर यो नयाँ मोडलको मूल्य ४ लाख ७५ हजार रुपैयाँ तोकेर विक्री सुरु गर्ने हिरोका डिलरहरुले बताएका छन् । यसको लागि डिलरहरुले बुकिङ पनि लिन थालिसकेका छन् । ग्राहकले १० हजार रुपैयाँ तिरेर बाइक बुकिङ गर्न सक्दछन् ।

गतवर्ष वर्ष अक्टोबरमा लन्च गरिएको हिरोको एन्ट्री एडभेन्चर बाइक ‘एक्स-पल्स २०० फो भि’ ले यसअघी २०२२ को ‘कार एण्ड बाइक’ अर्वाडमा केही उपाधि जित्न सफल भएको थियो । यो मोटरसाइकलले ‘एडभेन्चर मोटरसाइकल अफ द इयर’ को साथै प्रतिष्ठित ‘दुई पाङ्ग्रे बाइक अफ द इयर’ अर्वाड जितेको हो।

यो एडभेन्चर बाइक फोर-भल्भ प्रति सिलिन्डर टेक्नोलोजीमा आधारित रहेको छ। यसअघी बाइकमा साधारण दुई भल्भ सेटअप गरिएको थियो। बाइकलाई अझ राम्रो बानउन परिमार्जित इन्जिन कूलिङ प्रणाली र संशोधित गियर अपग्रेड गरिएको छ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here