Thursday, October 6, 2022

के १० रुपैयाँ पूर्वाधार कर छुटले पेट्रोलियम पदार्थमाको मूल्य घटाउँला ?

अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लगाईएको पूर्वाधार करवापत  १० रुपैयाँ घटाउँन उद्योग मन्त्रालयलाई जानकारी पठाएको छ । यसपछि  नेपाल आयल निगमले यस विषयमा आधिकारिक रुपमा घोषणा गर्ने छ ।

पूर्वाधार कर घटे पेट्रोलको प्रतिलिटर मूल्य १७० पर्न जान्छ तर आयल निगमलाई यो मूल्य कतिको सहज हुन्छ भनेर प्रश्न उठ्न सक्छ । किनकि अहिले निगमलाई काठमाडौं आइपुग्दा पेट्रोल प्रतिलिटर १९४.६४ रुपैयाँ पर्न जान्छ । निगमले १४ रुपैयाँ घाटा खाएर सर्वसाधारणलाई पेट्रोल बेचिरहेको छ ।  निगमले अहिले पनि पेट्रोलमा एक अर्ब रूपैयाँ घाटा खाइरहेको बताएको छ ।

अहिले निगम घाटामा गईरहेको अवस्थामा  भन्सारबाट पूर्वाधार कर घटेर आए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन गाह्रो हुने नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका जनाएका छन् ।

हाल पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ रहेको छ ।

हालको मूल्य अनुसार सरकारले पेट्रोलमा प्रतिलिटर ६३.२३ र डिजेलमा ४५.९१ रुपैयाँ कर लिदै आईरहेको छ । सरकाले प्रतिलिटरमा निगम प्रशासन खर्च ०.६० रुपैयाँ, बीमा खर्च ०.०७ रुपैयाँ, ढुवानी भाडा ६.६ रुपैयाँ, प्राविधिक नोक्सानी १.३८ रुपैयाँ, डिलर खर्च र नाफा ६.१२ रुपैयाँ थप शुल्क लिने गरेको छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here