Wednesday, October 5, 2022

वारेन बफेटको बीवाइडीले, एलन मस्कको टेस्लालाई विश्वको नम्बर १ इलेक्ट्रिक गाडी निर्माताबाट हटाउदै

कोविड लकडाउन, पार्ट्सको अभाव र बढ्दो प्रतिस्पर्धाको परिणाम सोरूप, टेस्लाले विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक वाहन निर्माताको रूपमा आफ्नो हैसियत गुमाएको छ ।वारेन बफेटको स्वामित्वमा रहेको चिनियाँ अटोमेकर कम्पनि, बीवाइडीले २०२२ को पहिलो ६ महिनामा टेस्ला भन्दा लगभग एक लाख बढी इलेक्ट्रिक गाडीहरू बेचेको छ ।

जूनमा समाप्त भएसँगै, यो ६ महिनाको अवधिमा, टेस्लाले विश्वव्यापी रूपमा ५ लाख ६४ हजार सवारी साधनहरू बिक्रि गरेको छ । आफ्नो वार्षिक लक्ष्य पूरा गर्न अबको ६ महिनामा टेस्लाले आफ्नो बिक्री ४६ प्रतिशतले बढाउनु पर्ने छ ।

यता, बीवाइडीले भने यो वर्षको पहिलो ६ महिनामा ६ लाख ४१ हजार सवारी साधनहरू विक्री गर्यो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०० प्रतिशतले बढी हो ।

बीवाइडीले आफ्नो पहिलो प्लग-इन हाइब्रिड कार २०१३ मा सुरु गरेको थियो र त्यसबेलादेखि आफ्नो इभी लाइनअपलाई द्रुत रूपमा विस्तार गरेको छ । गत वर्ष, बीवाइडीले लगभग ७ लाख ३० हजार सवारी साधनहरू बेचेको थियो, जसमध्ये ८० प्रतिशत विद्युतीय सवारीहरू थिए ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here