जर्मन अटोमेकर कम्पनी फक्सवागनले चीनमा आफ्नो नयाँ सेडान कार ‘आईडी एरो’ सार्वजनिक गरेको छ । फक्सवागनले आफ्नो पहिलो पूर्ण विद्युतीय सेडानलाई प्रिमियम मिड साइजमा राख्ने कम्पनीले जनाएको छ । कम्पनीले यो गाडीलाई यूरोपका मूलुक तथा अमेरिकामा समेत विक्री गर्ने योजना बनाएको छ ।
कम्पनीका अनुसार यसमा ७७ किलोवाट लिथियम-आयन ब्याट्री प्याक हुनेछ जसले फुल चार्जमा ६२० किलोमिटरको रेन्ज दिनेछ । यो विद्युतीय सेडानले बिएमडब्लु आई ४ र टेस्ला मोडल आई ३ लाई टक्कर दिने कम्पनीले जनाएको छ ।
यसमा सि आकारको फगल्याम्प हाउजिङ, स्मार्ट डोर ह्याण्डल, आकर्षक टेललाईट, मेट्रिक्स हेडल्याम्प, एलइडी लाइट बार, २२ इन्चको आकर्षक अलोय ह्वील जस्ता फिचरहरु समावेश रहेका छन् ।