वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा सार्वजनिक यातायातका साधन नचल्ने भएका छन् । सरकारले अत्यावश्यक सेवा बाहेकका सवारी साधन चलाउँन नपाईने निर्णय गरेको हो ।
यसका साथै, निजि सवारी साधन पनि प्रशासनको अनुमति पासबिना चलाउँन नपाईने निर्वाचन आयोगले जनाएको छ । काम विशेषले सञ्चालन गर्नुपर्ने अवस्था आए सर्वसाधरणले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ ।
अपांगता भएका मतदाताका हकमा सम्बन्धित मुख्य निर्वाचन अधिकृतबाट सवारी अनुमति लिएर एकाघरका एक जनासहित मतदानस्थलमा जाने मापदण्ड तय गरिएको छ ।
अत्ति आवश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवाले भने पास बिनै चलाउँन पाउँने छन् । अन्तर्राष्ट्रिय हवाई उडान गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकट देखाएको आधारमा यात्रा गर्न पाउँनेछन् ।