पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र झलनाथ खनालले कार्यविधि तयार नहुदैँ गृह मन्त्रालयबाट गाडी सुविधा लगिसकेको छन् । गृह मन्त्रालयको विवरण अनुसार डा.बाबुराम भट्टराईले ०७८ मंसिर र झलनाथ खनालले गतवर्ष पूर्वप्रधानमन्त्री केपी ओली सरकारकै पालामा गाडी लिएका हुन् ।
दुवैजनाले सरकारबाट करिब ६० लाख रुपैयाँ पर्ने स्कार्पियो गाडी लिएका हुन् । गाडीका साथ दुवैले चालक पनि सरकारी नै लिएको गृह मन्त्रालयले जनाएको छ ।
यसका साथै मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले पनि २०७८ भदौमा करिब ६० लाख रुपैयाँ पर्ने स्कार्पियो गाडी लिएका छन् ।
अरु पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वगृहमन्त्रीहरुले गोप्य रुपमा विभिन्न मन्त्रालयबाट गाडी, इन्धन, चालक लगायतको सुविधा लिएको स्रोतले जनाएको छ ।