टिभिएस कम्पनीले ‘आयो, पायो, पर्यो र सोर्यो’ नामकरण गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपाली नयाँ वर्षलाई मध्यनजर गरेर उक्त योजना सार्वजनिक गरेका हो ।
यस अफर अन्तर्गत टिभिएसका कुनै पनि बाइक, स्कुटर खरिद गर्दा ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्।
बाइक खरिद नगर्ने ग्राहकले पनि नगद र उपहार जित्न सक्नेछन् । यसको लागि ग्राहकले टिभिएस नेपालको आधिकारिक सोसल मिडियामा सहभागीता जनाउनु पर्दछ । यस स्किम अन्तर्गत ग्राहकले कम्पनीको आधिकारिक वेभसाइट टिभिएसनेपालमा ‘न्युइअर’ मा गएर दर्ता गर्दा अर्को ५० हजारसम्म नगद उपहार पाउने छन् ।
बम्पर उपहार भने बाइक किन्ने र नकिन्ने दुवैको लागि रहेको छ जस अन्तर्गत ३ जना भाग्यसाली बिजेतालाई ८ लाख रुपैयाँ मूल्य पर्ने अपाचेर आरआर ३१० मोटरसाइकल जिन्ने छन् ।
थप जानकरीका लागि ग्राहकले नजिकैको सोरुम वा टिभिएसनेपालको वेभसाइटमा सम्पर्क गर्न सकिने छ ।