टिभिएस अपाचे आरटिआर १६० ४-भी आरटिएफआईको आजबाट औपाचारिक रुपमा बिक्रि वितरण सुरु भएको छ । कम्पनीले महालक्ष्मीस्थानबाट यसको बिक्रि वितरण सूरु गरेको हो ।
कम्पनीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ तथा नेपाली मोटो भ्लगर र जगदम्बा मोटर्सका प्रतिनिधिहरूको उपस्थितिमा बिक्री सुरू गरेको हो ।
कम्पनीले यसको आधिकारिक मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ ।
यो मोटरसाइकल सेग्मेन्टमा नै पहिलो तीन राइडिङ मोडसहित आएको छ । आरटीआर १६० फोर भीको आरटीएफआई भर्सनमा रेन, अर्वान र स्पोर्टस गरी तीन मोड उपलब्ध छ ।
यो नयाँ वाइकमा सिंगल च्यान एबिएस जडान गरिएको छ । यसका साथै टीभीएस स्मार्ट कनेक्ट फिचरसमेत दिइएको छ । चालकले ब्लुटुथ कनेक्ट मार्फत आफ्नो स्मार्ट फोन मोटरसाइकलमा कनेक्ट गरेर कल अर्लट, एसएमएस अर्लट, रेस टेलिमिट्री, टर्न वाई टर्न नेभिगेशन, लिन एंगल मोड जस्ता अत्याधुनिक फिचरहरु प्रयोग गर्न सक्नेछन् ।
अपाचे आरटीआर १६० फोर भी यो सेग्मेन्टमा नै सर्वाधिक पावरफुल मोटरसाइकल रहेको छ । यसमा १५९ सीसी, सिगंल सिलिन्डर, आयल कुल्ड आरटीएफआई इन्जिन रहेको छ । यो इन्जिनले १७.५ पीएस पावर र १४.७३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।