आज बुधबार करिब आधा घण्टाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यक्रम भएको हुनाले दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म बन्द हुन लागेको हो ।
विमानस्थलमा जहाज दुर्घटना हुँदा अपनाइने सुरक्षा र आपतकालीन उद्धारको अभ्यास गरिने भएकाले बन्द हुन लागेको विमानस्थलका कर्मचारीले बताएका छन् ।
अभ्यासका क्रममा आकाशमा कालो धुँवाको मुस्लो देखिनेछ भने सुरक्षाकर्मी, दमकल, एम्बुलेन्स लगायतको गतिविधि तीव्र हुनेछ ।