टोयोटाले नेपाली नयाँ वर्ष २०७९ लाई लक्षित गरि नयाँ योजना ल्याएको छ । टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले यो अफर सार्वजनिक गरेको हो ।
‘टाइम फर एन अपग्रेड’ नामकारण गर्दै यो अफरमा ग्राहकले कुनैपनि कम्पनीका गाडी टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, याभ फोर हाइब्रिड, प्राडो आदिसँग साट्न सक्ने छन् ।
यसका साथै कम्पनीले ग्राहकलाई विभिन्न पुरस्कार पनि दिने भएको छ । टोयोटाको गाडी टेस्टड्राइभ गर्नेहरुका लागि पनि विभिन्न पुरस्कार दिने कम्पनीले जनाएको छ ।
यो योजना आज अर्थात चेत्र २४ गतेदेखि सुरु भएर चैत्र २७ गते सम्म लागु हुनेछ । यो अवधि ग्राहकले अफरको फाइदा उठाउँन सक्दछन् ।