Tuesday, November 29, 2022

गर्मीको समयमा आफ्नो कारलाई घामबाट कसरी बचाउने? जान्नुहोस्

अहिले नेपालमा गर्मी मौसम चलिरहेको छ । यस्तो चर्को गर्मीमा, हामी केही मिनेटको लागि बाहिर निस्किदा पनि हामीलाई असहज हुन्छ । त्यस्तै दिनभरी घाम पर्ने ठाउँमा आफ्नो गाडी राख्दा या कुदाउँदा कस्तो असर पर्ला त् ? आज हामी अत्यादिक गर्मीमा आफ्नो कारलाई कसरी बचाउने भनेर सुझावहरू दिन गइरहेको छौँ।

१) छहारी वा सित्तल ठाउँमा आफ्नो गाडी पार्क गर्ने

घामबाट बचाउन जहिले पनि आफ्नो कारलाई सित्तल ठाउँमा पार्क गर्ने गर्नुहोस् । सहरी छेत्रमा तपाईलाई आफ्नो गाडीको लागि पार्किङ गर्ने ठाउँ पाउन निकै गाह्रो हुन सक्छ । तर सकेसम्म पार्क गर्न को लागी सबै भन्दा राम्रो ठाउँ खोज्नुहोस् । घाम सिधै पर्ने ठाउँमा पार्किङ नगर्नुहोस् ।

२) आफ्नो कार नियमित रूपमा धुनुहोस्

नियमित रूपमा आफ्नो कार धुँदा यसलाई धुलो र अन्य फोहोरहरुबाट सफा राख्छ । यसले तपाईंको गाडीलाई राम्रो कन्डिसनमा राख्न मद्दत गर्दछ ।

३) कार नियमित रुपमा वेक्स गर्ने

यो प्रमाणित भइसकेको छ कि वेक्स गरिएको गाडीले युभी किरणहरूबाट गाडीलाई बचाउँछ । त्यसैले नियमित रुपमा आफ्नो कारलाई वाक्सिङ गर्दा फाइदाजनक हुन्छ ।

४) विन्डो शेड्सको प्रयोग गर्ने

सीधा घामबाट आफ्नो गाडीलाई बचाऊन विन्डोज शेड्सको प्रयोग गर्नुहोस् । विन्डो शेड्सले, सूर्यको किरणलाई कारको भित्री भागमा प्रवेश गर्नबाट रोक्छ । शेड्सले युभी किरणहरू बाट पनि बच्न केहि मद्दत गर्दछ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here