ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट हराएका मोटरसाइकल र स्कूटर सम्बन्धित व्यत्तिलाई हस्तातरण गरेको छ । विभिन्न केसमा हराएका १९ वटा मोटरसाइकल र ११ वटा स्कूटर फेला पारी सम्बन्धित धनीलाई बुझाएको हो ।
ट्राफिक प्रहरी कार्यालयले बिहिबार आयोजित एक समारोहमा मोटरसाइकल र स्कूटर हस्तातरण गरेको हो ।
सबै सवारीधनीले आफ्नो साधनको सुरक्षा आफैँ गर्न कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले आग्रह गरेका छन् । यसको लागि सबै सवारीधनी सजग हुनुपर्ने र उपयुक्त ठाउँमा पार्किङ गर्दा लक तथा सुरक्षाका उपायहरु अपनाउनु पर्ने उनले बताएका छन् ।
यसका साथै, चोरी नियन्त्रण काममा निरन्तर रुपमा लागिरहने र यसलाई केही हदसम्म कम गर्ने उनले जनाएका छन् ।