Tuesday, November 29, 2022

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले बनाएको यो अल इलेक्ट्रिक विमानलाई एलिस नाम राखिएको छ ।

एलिसको निर्माता, इभिएशन एयरक्राफ्टको मुख्यालय वाशिंगटनमा भएता पनि विमान इजरायलमा विकसित गरिएको हो । इभिएशनको स्थापना २०१६ मा ओमेर बार-योहे र एभिभ टिजिडोनले गरेका थिए ।

आफ्नो पहिलो उडानमा, एलिसले बिहान ७ बजेर १० मिनेटमा ३५०० फिटको उचाइमा ८ मिनेटसम्म सुरक्षित हावामा रहयो र त्यसपछि सामान्य अवतरण भयो । यो विमान २५० माइलसम्म उड्न सक्ने गरी डिजाइन गरिएको छ ।

यसमा नौ जना यात्रु र एक वा दुई पाइलटहरुको लागि ठाउँ राखिएको छ र ४ टनभन्दा बढी तौल भएको टेस्ला-शैलीका २१,५०० भन्दा बढी ब्याट्री सेलहरूद्वारा संचालित गरिएको छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here