Tuesday, November 29, 2022

सरकारले गाडी आयातमा लगाएको प्रतिबन्ध अबको ३ दिनमा सकिँदै, प्रतिबन्ध थप नहुनेमा गाडी ब्यापारी आशावादी

सरकारले गाडी आयातमा लगाएको रोक्का अबको ३ दिनमा सकिदै छ । अबको ३ दिन अर्थात् असर ३२ पछि गाडीमा लगाइएको प्रतिबन्ध फुक्का होला कि होला भन्ने हरेक गाडी ब्यापारीको लागि चासोको बिषय बनेको छ । सरकारले कम्वस्चन इन्जिनयुक्त गाडी र २५० सीसी माथिका मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध लगाएको छ । असर ३२ अगावै मन्त्रिपरिषदबाट थप प्रतिबन्ध लगाउने निर्णय नगराए आयात स्वतः खुल्ने देखिन्छ ।

नाडा अटो मोबाइल्स एशोसिएशनका अध्यक्ष ध्रुव थापा निकै नै धौड धुपमा लागेको छन् । गाडीको आयातलाई आउन लागेको मौद्रिक नीतिबाट सहज बनाइदिन आग्रह गर्दै थापा कहिले गभर्नर त कहिले प्रधानमन्त्रिलाई भेटेर निकै प्रयास गरिरहेको छन् ।

अध्यक्ष थापाले विगत ८/१० महिनादेखि अटो व्यवसाय ठप्प रहेको भन्दै अटो क्षेत्रलाई राहत दिने गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताए । अध्यक्ष थापाले विगत १० महिनादेखि अटो व्यवसाय ठप्प हुँदा अटो व्यवसायीहरुले बैंकको कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले अटो मोबाइल्स सधैँ राज्यको टार्गेटमा पर्ने गरेको गुनासो गरे ।

राजस्व चाहिदा पनि अटो क्षेत्रलाई खोज्ने र आयातमा कडाई गर्नुपरे पनि अटो क्षेत्र खोज्ने परम्परानै जस्तो भएको भन्दै अटो क्षेत्र चुरोट, रक्सीको क्याटागोरीमा राखिन थालेको गुनासो पोखेको छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख १३ गते राजपत्रमा सूचना निकालेर चालु वर्षको अन्त्यसम्म आयातमा प्रतिबन्ध लगाउने निर्णय लिएको थियो । सरकारले तोकेको समयसीमा सकिएसँगै आयात पुनः सुचारु हुने नाडाका अध्यक्ष ध्रुव थापाले बताएको छन् ।

त्यस्तै, कोरोना महामारीका कारण दुईवटा अटो शो हुन पाएको थिएन जुन यो बर्ष भदौमा गर्ने भनिएको छ तर यदी आयात प्रतिबन्ध खुलेन भने यो बर्ष पनि अटो शो गर्न अप्ठ्यारो हुने भएको छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here