टेस्लाको पछिल्लो सफ्टवेयर अपडेटले नयाँ सुविधा समावेश गरेको छ जसले धेरै गाडीको मुनिको भागमा हुने क्षतिलाई रोक्न सक्छ । अपडेट (२०२२.२०) ले टेस्ला कारहरूले अब सडकको खाल्डाहरूलाई स्क्यान गर्न सक्ने पुष्टि गरेको छ ।
खाल्डाहरूलाई स्क्यान गर्ने मात्र हैन, गाडी क्षति कम गर्नको लागि गाडीको सस्पेन्शन अटोमेटिक एडजस्ट पनि गर्ने छ । नयाँ अपडेटको साथ, टेस्ला मालिकहरूले एडप्टिभ सस्पेन्शन डेम्पिङ सेटिङ अन्तर्गत नयाँ “कम्फर्ट” सुविधा चयन गर्न सक्ने छन् ।
तर यो सुविधा ठाउँ अनुसार पनि निर्भर हुनेछ – यसको मतलब यो हरेक खाल्डा र सडक क्र्याकको लागि भने उपलब्ध नहुन सक्छ किनकि सवारी साधनले टेस्ला कारहरूद्वारा उत्पन्न गरिएको रफ रोड नक्सा डेटा डाउनलोड गर्दछ ।
यो सुविधा अटोपायलट वा पूर्ण स्व-ड्राइभिङको लागि पनि उपलब्ध छैन ।