विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी कम्पनी टेस्लाको विद्युतीय सवारीसाधनमा समस्या आएपछी कम्पनीले अमेरिकाको घरेलु बजारमा ९४७ कार फिर्ता बोलाएको छ । कम्पनीले रियरभ्यू इमेज डिस्प्लेमा ढिलाइ भएको कारणले तीनवटा इलेक्ट्रिक कार मोडलहरू फिर्ता गर्न पहल गरेको हो ।
नेशनल हाईवे ट्रैफिक सेफ्टी एडमिनिस्ट्रेशन अनुसार, रियरभ्यू क्यामेरा डिस्प्लेको ढिलाइले गर्दा चालकको रियरभ्यूलाई असर गर्ने र टक्करको जोखिम बढाउन सक्छ ।
कम्पनीले पछिल्लो समय २०१७ र २०२० बिच बनेका ३ मोडलका विद्युतीय सवारीहरु फिर्ता बोलाएको हो । यी विद्युतीय सवारी साधनहरुमा अटोपाइलट कम्पियुटर २.५ रहेको छ र केही मोडलका गाडिहरुले फर्मवेयर रिलीजहरू प्रयोग गरिरहेका छन्। टेस्लाले यो समस्या समाधान गर्न ओभर-द-एयर सफ्टवेयर अपडेट गर्ने बताएको छ ।
चाडैं नै यो समस्या समाधान भएर गाडिहरु संचालनमा आउने कम्पनीले जनाएको छ ।