टेलिमेटिक्स सेवा प्रदायक कम्पनी क्याम्ब्रिज मोबाइल टेलिमेटिक्स हालै इलेक्ट्रिक सवारीसाधनमा केही सर्वेक्षण गरेको छ । कम्पनीको एक सर्वेक्षणले अरु कारको तुलनामा टेस्लाका इलेक्ट्रिक कार ५० प्रतिशत बढी सुरक्षित रहेको देखाएको छ । कम्पनीले इन्स्योरेन्स इन्स्टिच्युट फर हाईवे सेफ्टी चार्जिङ इन इलेक्ट्रीफाइड फ्युचरले आयोजना गरेको कार्यक्रममा उक्त सर्वेक्षण पेस गरेको हो ।
यसका साथै, जर्मन कम्पनी पोर्शे भने सर्वेक्षणमा टेस्लाको विपरित रहेको छ । पोर्शे कम्पनीका कार चलाउँने व्यक्तिमा दुर्घटना हुने सम्भावना ५५ प्रतिशत बढी रहेको सर्वेक्षणमा उल्लेख रहेको छ ।
केम्ब्रिज मोबाइल टेलिमेटिक्सको यो सर्वेक्षणलाई केही जानकारहरुले गल्ती रहेको बताएका छन् । सर्वेक्षणले टेस्ला ड्राइभरहरूको बारेमा यो सबै डाटा सङ्कलन गरिरहदा यसले अटोपायलट प्रणालीहरूको प्रभावलाई मध्येनजर नगरेको जानकार बताउँछन् ।