गत जुलाईमा भारतमा सार्वजनिक भएको बहुप्रतीक्षित टाटा नेक्सनको ईभी ‘डार्क इडिसन’ छिट्टै नेपाल आउने भएको छ । नेपालमा ८ महिना अघिदेखि नै डार्क इडिसनको माग उच्च रहेको थियो । नेपालमा टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदी टेडिङ प्रालिले गाडी ल्याउन लागेको हो ।
डार्क इडिसनको विषयमा प्रयोगकर्ताको धेरै नै फोन कल, सामाजिक सञ्जाल, इमेलबाट माग आइरहेको सिप्रदीका अधिकारीले बताए । लामो पर्खाइपछि केही थान गाडी उत्पादक कम्पनीले नेपाल पठाउने भएको छ।’
डार्क इडिसनको भारतमा उच्च माग छ। कम्पनीले मागअनुसार उत्पादन गर्न नसक्दा लामो समय नेपालमा गाडी आउनसकेको थिएन । प्रिमियम लुक्समा रहेको गाडी इन्टेरियर र एक्सटेरियर डार्क इडिसनमै उपलब्ध रहेको छ । गाडीको फ्रन्ट नीलो कलरले हाइलाइट्स गरिएको छ ।
डार्क इडिसन नेपाल आउने थाहा पाएसँगै ग्राहकहरुले पहिलो लटमा आउने सबै गाडी बुकिङ गरिसकेको कम्पनीले जानकारी दिएको छ।