Tuesday, September 27, 2022

बहुप्रतीक्षित टाटा नेक्सन ईभीको ‘डार्क इडिसन’ नेपाली सोरुममा प्रवेश

गत जुलाईमा भारतमा सार्वजनिक भएको बहुप्रतीक्षित टाटा नेक्सनको ईभी ‘डार्क इडिसन’ नेपाली सोरुममा आइपुगेको छ । नेपालमा ८ महिना अघिदेखि नै डार्क इडिसनको माग उच्च रहेको थियो । नेपालमा टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदी टेडिङ प्रालिले गाडी ल्याउन लागेको हो ।

रेगुलर भेरिएन्टको तुलनामा २ लाख रुपैयाँ बढी मूल्य राखेर यसको बुकिङ समेत खुल्ला गरिएको छ । प्रिमियम लुक्समा रहेको गाडी इन्टेरियर र एक्सटेरियर डार्क इडिसनमै उपलब्ध रहेको छ । गाडीको फ्रन्ट नीलो कलरले हाइलाइट्स गरिएको छ । ब्याट्री, मोटर र अन्य मेकानिकल पक्ष भने रेगुलर मोडललाई निरन्तरता दिइएको छ ।

३०.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री रहेको यस कारमा ९५ किलोवाट क्षमताको पीएसएमएस मोटर जडान गरिएको छ ।अनवोर्ड चार्जर भने रेगुल मोडलमा जस्तै ३.३ किलोवाट क्षमताको रहेको छ ।

यो स्पेशल एडिसनमा एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी टेलल्याम्प, एलईडी डे टाइम रनिङ लाइट, ७ इन्चको टीएफटी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ७ इन्चकै फ्लोटिङ इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषता दिइएको छ ।

यसलाई फुल चार्ज गर्न ८.५ घन्टा लाग्छ भने डिसी फास्ट चार्जरको प्रयोग गर्दा भने एक घन्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here