Tuesday, November 29, 2022

यस्तो छ टाटाको वार्षिक मर्मत सेवा प्याकेज

‘टाटा मोटर्स केयर प्लस’ नामकरण गर्दै टाटा मोटर्सले नेपालमा वार्षिक मर्मत सेवा प्याकेज ल्याएको छ । यसको लागि कम्पनीले सिप्रदी ट्रेडिङ प्रालिसँग सहकार्य गरेको हो ।

टाटाको केयर प्लस प्याकेज अहिले पेट्रोलबाट चल्ने टाटा नेक्सनमा मात्र रहेको छ । यस प्याकेज अन्तर्गत ग्राहकले सवारी चलाउँदा कम्पनीले बचत र सुरक्षाको ग्यारेन्टी दिन्छ ।  यो प्याकेज प्रयोग गर्दा ग्राहकलाई धेरै फाइदा हुनेका साथै सवारी साधनहरूको सहज र समस्यामुक्त संचालन सुनिश्चित हुने कम्पनीले जनाएको छ ।

 

यो प्याकेजमा  ह्विल अलाइनमेन्ट, सवारी मर्मत जस्ता विभिन्न लाभदायि सेवाहरु रहेका छन् ।  केयर प्लस  सेवा ग्राहकले गाडी बिक्री भएको मितीदेखि ३६५ दिनभित्र वा १५,५०० किलोमिटर गुड्नु अगाडि केयर प्लस खरिद गर्न सक्नेछन्।

भविष्यमा कम्पनीले यो सेवा विभिन्न मोडलहरूमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसका साथै केयर प्लस  सेवा २४ वटै सेवा केन्द्रहरूमा कम्पनीले उपलब्ध गराउँने छ ।

नेपाली बजारमा हाल टाटाका ९ मोडलका गाडी उपलब्ध रहेका छन् ।

 

 

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here