पछिल्लो समय टाटा मोटर्स विद्युतीय सवारीसाधनमा बढी केन्द्रित भएर काम गरिरहेको छ । यसैक्रममा टाटा मोटर्सले अल-ह्विल ड्राइभ (4WD) सुविधा भएको इलेक्ट्रिक कार ल्याउन लागेको विभिन्न मिडियाले जनाएका छन् ।
टाटा मोटर्स प्यासेन्जर भेहिकल र टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेश चन्द्रका अनुसार, ‘बजार सर्वेक्षणले राम्रो माग देखाएकोले कम्पनीले इलेक्ट्रिफाइड अल-ह्वील ड्राइभ मोडल ल्याउन लागेको हो । कम्पनीले अहिले कम्पनीले अल-ह्विल ड्राइभ (4WD) प्रणाली भएका धेरै इलेक्ट्रिक एसयूभीहरूमा काम गरिरहेको छ। ‘
कम्पनीले हालै कन्सेप्ट भर्जन जेनरेशन २ आर्किटेक्चरमा आधारित रहेर नयाँ टाटा एसयुभी सार्वजनिक गरेको थियो । कम्पनीले यो अल-ह्विल ड्राइभ प्लेटफर्म इलेक्ट्रिक एसयुभीलाई प्रयोग गर्न सकिने जनाएको छ ।
यसका साथै, टाटाले अहिले नयाँ कन्सेपटमा काम गरिरहेको छ जसको मोडल २०२४ मा लन्च हुने कम्पनीले जनाएको छ ।