Thursday, October 6, 2022

सुजुकीले भारतमा १५० बिलियन येन लगानी गर्ने, घट्ला त सुजुकीका उत्पादनको मुल्य ?

जापनिज कम्पनी सुजुकी मोटर कर्पोरेशनले भारतको गुजरात राज्यसँग विद्युतीय सवारी साधन ब्याट्रीको स्थानीय उत्पादनका लागि १५० बिलियन येन लगानि गर्ने भएको छ । यसको लागि दुई पक्षले एमओयूमा हस्ताक्षर गरेका छन् ।

यसका साथै सुजुकीले भारतमा नयाँ विद्युतीय सवारी उत्पादन लाइन पनि निर्माण गर्ने भएको छ । हालको पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई मध्यनजर गरेर सुजुकीले आगामी २०३० सम्ममा नयाँ बिक्री भएका कारमध्ये ३० प्रतिशत विद्युतीय बनाउने अठोट लिएको छ । यसको लागि कम्पनीले तीन वर्षको अवधिमा १.३ बिलियन डलर मूल्यको विद्युतीय सवारी साधन खरिद गर्नेहरूलाई प्रोत्साहन प्रस्ताव गरेको छ।

भारतको नयाँ दिल्लीमा आयोजित भारत-जापान आर्थिक मञ्चमा जापानका प्रधानमन्त्री फुमियो किशिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा एमओयूमा हस्ताक्षर भएको हो । उक्त समारोहमा सुजुकी मोटर कर्पोरेशनका प्रतिनिधि निर्देशक तथा अध्यक्ष तोशिहिरो सुजुकी र मारुती सुजुकी इण्डिया लिमिटेडका प्रबन्ध निर्देशक तथा सीईओ केनिची अयुकावालगायत भारत र जापानका वरिष्ठ सरकारी कर्मचारीहरू सहभागी थिए ।

वातावरणलाई मध्यनजर गरेर हामी अब विद्युतीय सवारी साधनलाई बढी प्राथमिकता दिने तोशिहिरो सुजुकीले जनाएका छन्।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here