Tuesday, September 27, 2022

नेपाली बजारमा सुजुकीले नयाँ स्कुटर ‘एभिनिस’ लन्स गर्दै

जापानीज ब्रान्ड मध्येको एक हो सुजुकी ब्रान्ड । विगत लामो समयदेखि नेपालमा सुजुकी ब्रान्डका स्कुटर तथा मोटरसाइकल बिक्री हुँदै आएको छ । सुजुकीका मोटरसाइकल तथा स्कुटरमा भएका विशेषताहरूका कारण नेपाली उपभोक्ताको रोजाइमा यी पर्ने गरेको छ । सुजुकीले प्रिमियम स्कुटरको खोजीमा रहेका उपभोक्ताहरूको आवश्यकता पूरा गर्न १२५ सिसी इन्जिन क्षमताको एभिनिस सार्वजनिक गर्न लागेको हो ।

विगतकाे समय दुइ दुईपांग्रे सवारीमा स्कुटरको हिस्सा निक्कै कम हुने गरेको थियो । अहिले स्कुटरको हिस्सा बढ्दै गएको छ । विगतमा स्कुटर महिलाले खरिद गर्ने अथवा चलाउँछन् भन्ने खालका धारणा थियो । तर स्कुटरमा समावेश विशेषता, पावर, युनिसेक्स डिजाइनहरूका कारण हरेक व्यक्ति स्कुटर प्रति आकर्षित देखिन्छन् ।

अहिले स्कुटरलाई उत्पादक कम्पनीहरूले नै ‘युनिसेक्स’ सवारीका रुपमा ब्रन्डिङ गर्दै आएको छ। त्यसैले पछिल्लो समय स्कुटर चढ्नेहरूको संख्या नेपालमा पनि बढ्दै गएको तथ्यांक छ।

यसमा पनि प्रिमियम सेगमेन्टका स्कुटर खोज्ने उपभोक्ताको संख्या बढ्दै गएको छ। त्यसैलाई मध्यनजर गर्दै सुजुकीले समेत नयाँ मोडलको ‘सुजुकी एभिनिस’ स्कुटर ल्याउने भएको हो ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
विप्लव अधिकारी
विप्लव अधिकारीhttps://sabaiauto.com/author/biplovadhikari/
विप्लब अधिकारी पत्रकारिताका विद्यार्थी हुन् । अटोमोबाइलका ताजा जानकारीहरुमा उनको विशेष रुचि छ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here