Tuesday, September 27, 2022

सुजुकीको कटाना स्पोर्ट्स बाइक लन्च, यस्ता छन् विशेषता

सुजुकी मोटरसाइकल इन्डियाले जुलाई ४, २०२२ मा कटाना स्पोर्ट्स बाइक भारतमा लन्च गरेको छ । कम्पनीले यसको प्रारम्भिक मूल्य भारु. १३.६१ लाख रुपैयाँ तोकेको छ । कम्पनीले यो बाइकलाई भारतीय बजारमा कम्पलीट बिल्ट युनिटको (सीबीयू) रुपमा ल्याएको छ । कम्पनीका अनुसार कटाना जापानी भाषाबाट राखिएको नाम हो जसको अर्थ तरवार हो ।

यसमा सुजुकीको इन्टेलिजेन्ट राइड सिस्टम (SIRS) छ, जुन विभिन्न प्रकारका उन्नत इलेक्ट्रोनिक कन्ट्रोल प्रणालीहरूसँग उपलब्ध रहेको छ ।इन्टेलिजेन्ट राइड सिस्टम (SIRS) ले ट्र्याक्सन कन्ट्रोल, ड्राइभ मोड सेलेक्टर, राइड-बाई-वायर इलेक्ट्रोनिक थ्रोटल सिस्टम र कम आरपीएम असिस्ट सहित विभिन्न प्रकारका उन्नत इलेक्ट्रोनिक कन्ट्रोल सिस्टमहरू समावेश रहेको छ ।

यसको ९९९ सीसी लिक्विड-कुल्ड डीओएचसी इन्जिनले १४८ बीपीएच को पावर र १०६ एनएम को टर्क जेनेरेट गर्दछ । यसमा ६-स्पिड गियरबक्स समावेश गरिएको छ । भारतमा यो बाइक मेटालिक म्याट स्टेलर ब्लू र मेटालिक मिस्टिक सिल्भर कलरमा उपलब्ध रहेको छ ।

यो बाइकले भारतीय बजारमा बीएमडब्लु एफ ९०० एक्सआर र कावासाकी निन्जा १००० एसएक्ससँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here