सुन्दर यातायात प्रालिले विद्युतीय बाइक वा स्कुटर मर्मतका लागि निःशुल्क तालिम प्रदान गर्ने भएको छ । कम्पनीले विद्युतीय सवारीसाधनलाई प्रोत्सान गर्ने उद्देश्यले यो कार्यक्रम काठमाडौंको धुम्बाराहीमा अवस्थित सुन्दर चार्जिङ स्टेशनमा गर्न लागेको हो ।
बढ्दो विद्युतीय सवारीके प्रयोगलाई मध्येनजर गरेर मर्मत सम्भार गर्ने जनशक्ति तयार पार्न सुन्दर यातायात प्रालि निरन्तर रुपमा लगिरहेको छ ।
सुन्दर यातायातका अनुसार पहिलो चरणमा केही व्यक्तिलाई मात्र तालिम प्रदान गरिने र आगामी दिनमा यसको माग बढ्दै गएमा धेरै व्यक्तिलाई तालिम दिइने छ । बाइक वा स्कुटर चलाउन जान्ने र विद्युतीय सवारीप्रति चासो राख्ने जो पनि यो तालिममा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
तालिम गर्न ईच्छुक सर्वसाधरणले धुम्बाराहीमा गएर वा ९८४०६००८१७ मा सम्पर्क गर्न सक्नेछन् ।