Monday, November 28, 2022

लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी, सीसीटीभीमा हेरेर पनि सवारी चालकलाई फोन गरी बोलाउने

ट्राफिक प्रहरीले राजधानीमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई थप कडाई गर्न थालेको छ । लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण धेरै सडक दुर्घटना हुन थाले पछि यो निर्णय लिएको हो ।

अहिले लेनको कारबाहीमा पर्दा पहिलोपटक ५००, दोस्रो पटक १ हजार र तेस्रो पटकपछि १५ सय रुपैयाँ जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा लिनु पर्ने नियम रहेको छ ।

यसरी कारबाहीमा परेर जनचेतनामूलक कक्षा लिने यो आर्थिक वर्ष मात्रै १२ हजारभन्दा बढी भैसकेको छन् । ‘सडकमा हतार गरी अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौं,’ भन्दै ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजीव शर्माले अब लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको जनाएको छन् ।

लेन अनुशासन कायम नगरेको भेटिएमा सीसीटीभीमा हेरेर पनि सवारी साधनको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिवानासमेत गर्ने भनिएको छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here