नेपाली नयाँ वर्षलाई लक्षित गरि सुपर शोकोले नयाँ स्कीम सार्वजनिक गरेको छ । सुपर शोको नेपालका लागि आधिकारिक वितरक डि–लाइफस्टाइलले यो अफर सार्वजनिक गरेको हो । चैत्र २४ देखि सुरु भएको यो अफर बैशाख ३१ गते सकिनेछ ।
कम्पनीले ग्राहकका लागि डाउन पेमेन्ट बिनै इलेक्ट्रीक मोटरसाइकल गर्न मिल्ने सुविधा प्रदान गरेको छ । ग्राहकले सुपर शोकोका कुनैपनि इलेक्ट्रीक मोटरसाइकल वा स्कुटर खरिद गर्दा १५ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् ।
यसका साथै कम्पनीले ग्राहकको फाइदाका लागि एक्सचेन्ज अफर पनि सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकले कुनैपनि पुराना ब्राण्डका मोटरसाइकल वा स्कुटरसँग सुपर शोकोको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । कम्पनीले पुराना मोटरसाइकल वा स्कुटर चाँडो भन्दा चाँडो मुल्याकङ गरि ग्राहकलाई सुविधा त्यही अनुसार नयाँ मोटरसाइकल वा स्कुटर दिनेछ । एक्सचेन्ज अफरमा ग्राहकले मासिक ४ हजार १ सय ९५ रुपैयाँ मासिक किस्तामा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने छन् । त्यसको लागि ५० प्रतिशत डाउन पेमेन्ट बापतको रकम पुग्नु पर्ने हुन्छ ।
यो अफरले ग्राहकहरुलाई सुपर शोकोको मोटरसाइकल तथा स्कुटर खरिद गर्न प्रेरित गर्ने कम्पनीले जनाएको छ ।