Tuesday, September 27, 2022

११ वर्ष अनुसन्धानमा खर्च गरेपछि, गणित शिक्षकले सौर्य कार आविष्कार गरे (भिडियो सहित)

इन्धनको भाउ बढ्दै गएपछि जनताले आफ्नो यातायातको विकल्प खोजिरहेका छन् । धेरै मानिसहरु आफ्नो इन्धनबाट चल्ने गाडी बेचेर बिधुतिय गाडी रोज्न थालिसकेको छन् । त्यस्तै कश्मीरका एक व्यक्ति आफ्नो रचनात्मक आविष्कारका लागि भाइरल भइरहेको छन् । उनले आफ्नै खोज र मिहेनतले आफैँ सौर्य ऊर्जा द्वारा संचालनहुने कार बनाएका छन् ।

श्रीनगरका गणित शिक्षक बिलाल अहमदले, लक्जरी कारहरू जस्तै ढोका खोलिने सेडानका फोटोहरू भाइरल भएपछि अनलाइनबाट प्रशंसा पाइरहेका छन् । अनलाइनमा भाइरल भएको फोटोमा कारको लगभग सबै भागहरुमा, बोनेटदेखि पछाडिको विन्डशील्डसम्म सोलार प्यानल देखिन सकिन्छ ।

एक दशकभन्दा बढी समयदेखि परियोजनामा ​​काम गरेका अहमद यस गाडीलाई सर्वसाधारणका लागि सस्तो संस्करण बनाउन चाहन्छन् । ‘मर्सिडिज, फेरारी, बीएमडब्लु जस्ता कारहरू आम मानिसका लागि सपना मात्र हुन् । मैले यस गाडीबाट हरेक मानिसहरूलाई विलासी अनुभूति दिन सोचेको हु”, उनले भने । “कसैले मलाई आर्थिक सहयोग गरेनन् । यदि मैले आवश्यक सहयोग पाएको भए सायद म कश्मीरको एलोन मस्क बन्ने थिएँ,” श्री अहमदले भने ।

सुरुमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सवारी साधन उपलब्ध गराउने योजना बनाए पनि आर्थिक अभावका कारण उनको योजना साकार हुन पुगेन । त्यसपछि, इन्धनको मूल्यवृद्धिको बारेमा बढ्दो चिन्ताको बीचमा, उनले यसलाई सौर्य ऊर्जामा चल्ने कारमा परिणत गर्ने योजना बनाए ।

अनि, ११ वर्षको कडा परिश्रम र अनुसन्धान पछि, उनले अन्ततः आफ्नो सपना पूरा गरे । मिडियासँग कुरा गर्दै अहमदले आफ्नो गाडीका लागि कम सौर्य ऊर्जामा पनि अधिकतम ऊर्जा उत्पादन गर्ने मोनोक्रिस्टलाइन सोलार प्यानल प्रयोग गरेको बताए ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here