Tuesday, September 27, 2022

स्कुटर चलाउनेहरुले सुरक्षित हुन जान्नै पर्ने सामान्य तर उपयोगी १० टिप्सहरु

स्कुटर तुलनात्मकरुपमा सस्तो साधनमा गनिन्छ । यसैले यसका प्रयोगकर्ताहरु पनि अत्याधिक छन् । यो रोजाइको सवारी साधन सजिलो मात्रै छैन, सामान्य गल्तिले भयानक दुर्घटना पनि गराउन सक्छ । यसैले स्कुटर चलाउदा सुरक्षाका उपायहरुका बारेमा जानकार हुनै पर्छ ।

यहाँ हामीले केहि सुरक्षाका उपायहरु सुझाव दिदैछौँ । यी सुझावहरु सबैका लागि उपयोगी हुन सक्छन् र यीनीहरु पालना गर्नका लागि धेरै लगानी पर्ने वा निकै ठुलो सिप चाहिने पनि हुदैन । सामान्य सुरक्षाका उपायहरुले पनि दुर्घटना टार्न सक्छन् । यी उपायहरु पढेर पालना गर्नुहोला ।

१. एउटा मात्र ब्रेकको प्रयोग गर्ने बानीले स्कुटरको सन्तुलन बिगार्छ । यदि तपाईं दुईवटै ब्रेकको प्रयोग गरेर स्कुटर रोक्न सक्नुहुन्छ भने तपाईं सफल चालक हुनुहुन्छ । सुरक्षाका दृष्टिकोणले पनि यो कला महत्वपूर्ण छ । कम स्पिडमा सम्झिएरै दुइवटा नै ब्रेक प्रयोग गर्ने बानीको विकाश गर्नुहोस् ।

२. स्कुटर चालकले हेल्मेट प्रयोग गर्दा सम्झौता गर्नु हुँदैन । जुनसुकै र जति सुकै छोटो यात्रामा पनि हेल्मेटको प्रयोग गर्न अल्छि गर्नु हुदैन । हेल्मेट खरिद गर्दा कस्तो कच्चापदार्थले बनेको हो, ध्यान दिनुपर्छ । हेल्मेट टाउकोमा मिल्ने खालको, तर सस्तो पायो भन्दैमा जहाँ पायो त्यहीँ किन्नु पनि हुँदैन ।

३. सडकमा धैर्य कायम गरेर आरामका साथ अगाडि बढ्नुपर्छ । हडबडी या हतार गर्नु जरुरी छैन । स्कुटर चलाउँदै गर्दा गतिलाई भने विशेष ध्यान दिनुपर्छ । अन्यथा, सानो गल्तीले पनि ठूलो दुर्घटना निम्तिन सक्छ । सडक र नियमानुसार स्कुटरको गति कायम राख्नु बुद्धिमानी हुन्छ ।

४. अगाडि तथा दायाँ–बायाँको सवारीसाधनसँग निश्चित दूरी कायम राख्नुपर्छ । ट्राफिक जामको वेलामा पनि वरिपरिको परिस्थिति बुझ्नुपर्छ । कुनै पनि सवारीसाधनको धेरै नजिक नजानु नै राम्रो हुन्छ । अझ भिरोलो सडकमा आफ्नो अगाडि पछाडिको सवारी साधनसँग पर्याप्त दुरी कायम गर्नु पर्छ । धेरै जसो सवारी रोकिएर अगाडि बढ्दा केहि पछाडि सार्ने गर्छन्, त्यो दुरीलाई सँधै हेक्का राख्नु पर्छ ।

५. कुनै स्थानमा रोक्नु वा मोड्नु छ भने त्यसको सूचना सही समयमा नै दिनुपर्छ । लेनमा आफ्नो दिशा अचानक परिवर्तन गर्नु हुँदैन । ट्राफिकलाई आफ्नो अगाडिको गन्तव्यको बारेमा इन्डिकेटर वा हातले पनि जानकारी दिनुपर्छ । ठ्याक्कै मोडिने बेलामा मात्रै साइड लाइट बालेर सुचना दिनु पनि सहि तरिका होइन ।

६. धेरैजसो नदेखिने मोडहरूमा दुर्घटना हुने गर्छ । त्यसैले हतारमा ओभरटेक गर्नु हुँदैन । विशेषगरी, जब ठूला सवारीसाधनको अगाडि बढ्नु छ भने ख्याल राख्नुपर्छ । अगाडिबाट कुन गतिमा के आइरहेको छ भन्ने प्रस्ट देखिने भए पछि मात्रै ओभरटेक गर्नु पर्छ ।

७. स्कुटर चलाउँदा लगाउने लुगामा पनि विशेष ध्यान दिनुपर्छ । महिलाका सारी तथा सलहरु पाङ्ग्रा वा चेनमा पसेर दुर्घटना भएका खबरहरु बारम्बार आइरहेका हुन्छन् । सवारीमा चलाउँदा वा पछाडि बस्दा यस्ता कुराहरु ख्याल गर्नु पर्छ ताकि कुनै पनि कपडाहरु पाङ्ग्रा वा चेनमा नबटारिउन् । यस्तै डबल रेनकोट पनि बटारिन सक्छ । खासगरि डबल रेनकोट प्रयोग गरेर एक्लै वाहन चलाउदा यसको एकदमै सहि ढंगले प्रयोग गर्नु पर्छ ।

८. राती वा कम उज्यालोमा स्कुटर चलाउँदा हाइबिम लाइटको प्रयोग गर्नु पर्छ । तर अगाडिबाट अर्को साधन आइरहेको भए दुईवटा सवारीको प्रकाश भेटिने अवस्था हुने बित्तिकै लो बिम गर्नु पर्छ । हाइ बिम आँखामा परेमा राम्ररी सडक निकै बेर देखिदैन । यस्तोमा दुर्घटना हुने वा पैदलयात्रीलाई ठक्कर दिने सम्भावना हुन्छ । यसैले हाइबिमबाट ध्यान हटाउने कलामा पारंगत हुनु पर्छ ।

९. पछाडि यात्रु राखेको भए स्कुटर चालकले सँधै एक पल्ट तयार भएको वा नभएको सोधेर मात्र सवारी चलाउनु पर्छ । आफ्नै अन्दाजले पछाडिको मानिसको बसाइका बारेमा निर्णय गर्नु हुदैन ।

१०. बाटो भिजेको, चिप्लो भए वा एकदमै हावाहुरी चलेको अवस्थामा स्कुटरलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । यस्तोमा तिव्र गतिले दुर्घटना निम्त्याउन सक्छ ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
सबै अटो
सबै अटो
सबैअटो डट कम २०७८ चैत्रदेखि सञ्चालन भएको अटोमोबाइलसँग सम्बन्धित अनलाइन पोर्टल हो । तपाईले यसमा स्कुटर, बाइक, कार लगायतका सम्पुर्ण अटोमोबाइलका सम्पुर्ण जानकारीहरु यसमा पाउन सक्नु हुनेछ । sabaiauto.com हेर्दै गर्नुहोला तथा सबैअटोका फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब र टिकटकमा पनि हामीसँग जोडिन सक्नु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here