रोयल इन्फिल्ड बाइकले आफ्नो बाइकको नयाँ मूल्यसूचि सार्वजनिक गरेको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्सले सार्वजनिक गरेको नयाँंमूल्यसूचीमा प्राय सबै बाइक मूल्य बढेको हो ।
सरकारले आगामी आर्थिक वर्ष २०७९-८० मा २०० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलको मूल्य बढाए लगत्तै अटोमोटिभ्सले मूल्य बढाएको हो । बजेट अनुसार सरकारले अहिले २५० देखि ४०० सीसीसम्मको मोटरसाइकलमा ७० प्रतिशत भन्सार र ८० प्रतिशत अन्तःशुल्क लगाएको छ । यसअघि ३० प्रतिशत मात्रै भन्सार लाग्ने गरेकोमा हाल भन्सार शुल्क नै ७० प्रतिशत पुगेको हो ।
हाल नेपालमा रोयल इन्फिल्डका सबै मोटरसाइकल ३५० सीसीका रहेका छन् ।
यस्तो छ नयाँ मूल्यसूची
