Tuesday, September 27, 2022

रोयल एनफिल्डको सटगन ६५० आउँदै, यस्ता छन् विशेषता

रोयल एनफिल्डले लेटेस्ट ६५० सीसी मोटरसाइकल डुअल टोन एलोय ह्वीलसहित बजारमा ल्याउन लागेको छ । सटगन नामको यो मोटरसाइकलसँगै कम्पनीले सुपर मिटियर ६५० र क्लासिक ६५० नामका मोटरसाइकलमा काम गरिरहेको छ ।

हालै यो मोटरसाइकल EICMA मा प्रदर्शन गरिएको थियो र यसको परीक्षण भईरहेको कम्पनीले जनाएको छ । कम्पनीले यसैवर्ष एसियामा लन्च गर्ने योजना बनाएको छ ।

यो बाइकमा ६४८ सीसीको ट्विन इन्जिन रहेको छ जसले ४७.६ पीएस पावर र ५२ एनएम पीक टर्क उत्पादन गर्दछ । यसमा टियरड्रप फ्युल ट्याङ्की, राउण्ड हेडलाइट र टेललाइट सेटअपका साथै अगाडि र पछाडि बलियो फन्डर रहेको छ । रेट्रो स्टाइलको यो मोटरसाइकल कम्पनीको सिग्नेचर डिजाइन भाषामा निर्माण गरिएको हो ।

यसको सिट २ भागमा विभाजन गरिएको छ । यसको इन्स्ट्रुमेन्ट क्लस्टर मेटेरो ३५० सँग मिल्दोजुल्दो रहेको छ । रोयल एनफिल्ड सटगन ६५० को अगाडि युएसडी फोर्क र रियरमा ट्वीन शक अब्जर्बर राखिएको छ ।

यो मोटरसाइकल ‘सुपर मेटेरो ३५०’ पछि लन्च गर्ने कम्पनीले योजना बनाएको छ ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here