सडक विस्तार आयोजनाको ठेक्का लागेको निकै बर्ष भैसक्दा पनि चाबहिल-जोरपाटी हुँदै साँखु जाने सडक निर्माण भैसकेको छैन । हिउँदमा धुलो उडेर हिँड्न नसकिने र अहिले वर्षा याममा हिलो खेत जस्तो हुने गरेकोले स्थानीयबासी आक्रोशित भएको छन् ।
आक्रोशित स्थानीयले आइतबार बिहानै साँखुको मुख्य चोकमा बाँस तेर्स्याएर आवागमन बन्द गरेका छन् । आफ्ना मागहरू लामो समयदेखि सम्बोधन नभएको र बाचा मात्र गरेकाले सडक बन्द नै गरेर आन्दोलनमा उत्रिनु परेको स्थानीय प्रकाश बस्नेतले बताएको छन् ।
यसअघि पनि स्थानीयले एमाले नेता रामेश्वर फुयाँललाई घेरेर बाटो पिच गर्न दबाब दिएका थिए । बिहानदेखि बाटो बन्द गरिए पनि अहिलेसम्म त्यहाँ कोहि स्थानीय जनप्रतिनिधिसम्म पुगेका छैनन् ।