बाटो र फुटपाथलाइ सफा र फराकिलो बनाउने लक्ष्यको साथ अगाडी बढेको काठमाडौँ महानगरपालिकाले अवैध संरचना हटाउने काम निरन्तर अगाडी बढाईरहेको छ ।
आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ ।
वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारी अनुसार जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको हो । महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङ मिचेर बनाइएका दोहोरी साँझसमेत हटाएको छ ।
आज नयाँ बसपार्कस्थित वडा नं २६ मा पर्ने मित्रनगर प्रवेशद्वारदेखि म्हैपीसम्मका अवैध संरचना हटाइएको छ । अवैध संरचना हटाउने कार्यलाई मित्रनगर विकास तथा टोल सुधार समितिकी उपाध्यक्ष गङ्गा पन्तले सुन्दर मित्रनगर निर्माणका लागि महानगरपाकिाले गरेको काम सराहनीय भएको बताउनुभएको छ ।