बाटो र फुटपाथलाइ सफा र फराकिलो बनाउने लक्ष्यको साथ अगाडी बढेको काठमाडौँ महानगरपालिकाले अवैध संरचना र फुटपाथ हटाउने काम निरन्तर अगाडी बढाईरहेको छ । आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले सोमबार गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाएको छ ।
त्यस्तै, आज काठमाडौं महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ । अव्यवस्थित रुपमा सञ्चालन भइरहेको पार्किङ र मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथका पसलहरु पनि हटाउन सुरु गरेको काठमाडौं महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभएको छ ।
इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरु भोलि बिहानसम्म हटाउन महानगरले निर्देशन दिएको छ ।