Thursday, October 6, 2022

वर्षा याममा मोटरसाइकल कसरी कुदाउने ? सबै मोटरसाइकल चालकले जान्ने पर्ने कुराहरु

कतिपय मानिसहरुले भने वर्षा याममा रमाइलोको लागि बाइक कुदाउछन् तर कतिपयको लागि भने वर्षामा बाइक कुदाउनु आवश्यकताको विषय बन्न पुग्छ, किनकि उनीहरूले काम गर्न, वा कलेज जान वा आफ्नो दैनिक यात्राको लागि बाइकमा यात्रा गर्नै पर्ने हुन्छ । आज हामी तपाईंहरुलाई केहि सुझावहरू दिन गइरहेका छौं, जसले तपाईंहरुलाई पानी परिरहेकोबेला बाईक कुदाउदा अपनाउनु पर्ने सावधानीको बारेमा जानकारी दिन्छ ।

१) टायर केयर

टायरहरू बाइकको अत्यन्तै महत्त्वपूर्ण पार्ट्सको रुपमा लिइन्छ किनभने, तपाईंको मोटरसाइकल जुन सुकै मोडलको होस्, अन्त्यमा, सडकलाई छुने टायरले नै हो ।मोटरसाइकल/स्कुटरको टायरहरु छान्दा जहिले पनि राम्रो ग्रीप भएको टायर छान्नुपर्छ । राम्रो ग्रीप भएको टाइर, हिलो या चिप्लो सडकमा चिप्लिने अवस्था निकै कम हुन्छ त्यसैले आफ्नो बाइकको टायरलाई जहिले पनि राम्रो कन्डिसनमा राख्नु पर्छ ।

२) चेन लुब

मोटरसाइकलको चेनलाई राम्रोसँग र बारम्बार लुब्रिकेट गर्दा निकै फाइदा हुन्छ विशेष गरी मनसुनको समयमा, किनकि पानी परिरहेको बेला चेनमा पानी, हिलो र फोहोर छिर्छ । बजारमा विभिन्न चेन लुब्रिकेन्ट स्प्रे उपलब्ध छन्, वा नजिकैको वर्कशपमा गएर सजिलै अलिकति खर्चमा हाल्न सकिन्छ । चेन लुब्रिकेन्टहरूले चेनमा पानी टासिन दिदैंन र यसले तपाईंको मोटरसाइकलको चेनलाई खिया लाग्नबाट वा फुट्नबाट पनि जोगाउन सक्छ ।

३) ब्रेक प्रयोग गर्ने तरिका

सुख्खा सडकमा बाइक कुदाउदा अगाडिको ब्रेकमा पछाडिको ब्रेकको तुलनामा अलि बढी दबाब दिनुपर्छ तर वर्षामा सवारी चलाउँदा ठ्याक्कै उल्टो गर्नु पर्छ किनभने अगाडिको चक्कामा बढी दबाब दियो भने चक्का चिप्लेर बाइक लढ्न सक्छ । साथै, वर्षामा तपाईं र तपाईंको अगाडिको गाडीको बीचमा ब्रेकिङको दूरी अलिक लामो राख्नुपर्छ ।

४) भिजिबिलिटी

वर्षाको समयमा हुने अधिकांश दुर्घटनाहरूमा कम भिजिबिलिटीले प्रमुख भूमिका खेल्छ । कम भिजिबिलिटीले दुवै तर्फको बाइकलाई उस्तै असर गर्छ – दुवै तर्फको राइडरले एक अर्कालाई नदेख्दा धेरै दुर्घटना हुने गर्दछ । प्रस्ट नदेखिने समस्या, दिउसो पनि पानी पर्दा हेडल्याम्प बालेर समाधान गर्न सकिन्छ । तपाईंको मोटरसाइकलको हेडल्याम्पले ठूला सवारी साधनका अन्य सवार र चालकहरूको ध्यान खिच्न सक्छ । रातको समयमा, उच्च भिजिबिलिटी भएको टल्किने लुगा लगाएर र मोटरसाइकलको पछाडि र अगाडि राम्रो गुणस्तरको रिफ्लेक्टर स्ट्रिप टाँसेर समाधान गर्न सकिन्छ । हेल्मेटको भाइजरमा पानीका थोपाहरु पर्दा पनि बाइक कुदाउन निकै अप्ठ्यारो हुने गर्छ हेल्मेटको भाइजरमा पानीलाई टासिन नदिन् लागि बजारमा वाटर रिपेल्न्ट स्प्रेहरू पाइन्छ ।

५) सजिलो रेनकोट प्रयोग गर्ने

बजारमा निकै प्रकारका रेनकोटहरु पाइन्छ । आफुलाई जुन सजिलो लाग्छ वा आफुलाई जुन रेनकोट प्रयोग गर्ने बानि छ त्यहि प्रयोग गर्ने । डबल रेनकोट अर्थात् दुइजनालाई पुग्ने रेनकोट, सिंगल राइड गर्दा प्रयोग नगर्दा नै सजिलो हुन्छ। डबल रेनकोट लामो हुने कारणले सिंगल यात्रा गर्दा अल्झेर दुर्घटना हुने सम्भावना बढ्छ ।

६) पानी जमेको बाटोमा ध्यान दिएर कुदाउने

पानी जमेको बाटोमा बाइक कुदाउन रमाइलो लाग्न सक्छ, तर पानी मुनिको सतह नदेखेको कारण, धेरै जसो समय, तपाईलाई जमेको पानीको गहिराई कति छ थाहा नहुन सक्छ । तपाईंले यसमा सवार नभएसम्म पत्ता लगाउने कुनै तरिका छैन, त्यसैले त्यस्तो बाटोमा बिस्तारै सबैभन्दा कम गियरमा बाइक कुदाएर कटाउनु पर्छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here