जुलाई २०२१ मा, युरोपेली आयोगले एक आधिकारिक योजना प्रकाशित गर्यो जसमा २०३५ देखि इन्धनबाट चल्ने सवारी साधनको उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाउने कुरा समेटिएको थियो ।
यो कुरालाई व्यापक रूपमा छलफल गरिएको थियो र युरोपेली संघका केही ठूला अर्थतन्त्रहरू योजनाबद्ध बिक्री प्रतिबन्धसँग विशेष रूपमा खुसी थिएनन् । यद्यपि, यस हप्ताको सुरुमा, युरोपेली संघका सांसदहरूले अर्को दशकको बीचबाट इन्धनबाट चल्ने सवारी साधनको प्रतिबन्धलाई समर्थन गरेर मतदान गरे ।
यसको अन्तिम निर्णय भने युरोपेली संघका सदस्य राष्ट्रहरूसँग वर्षको अन्तिममा छलफल गरेर गरिनेछ, यद्यपि अब अटोमेकरहरूले २०३५ सम्ममा इन्धनबिना चल्ने सवारी साधनहरु तयारी गरिसक्नु पर्ने छ । सामान्यतया, यसको मतलब अब कुनै पनि पेट्रोल, डिजेल, वा हाइब्रिड गाडीहरू युरोपेली संघको नयाँ कार बजारमा उपलब्ध हुनेछैनन् ।
आन्तरिक कम्बसन इन्जिन भएका नयाँ कारको बिक्रीमा युरोप कानुनी प्रतिबन्धको अनुमोदनको अन्तिम चरणमा जाँदा अटो निर्माताहरूले भने इलेक्ट्रिक कार उत्पादनमा आफूलाई परिवर्तन गर्न थप समयको माग गरिरहेका छन्।