Monday, November 28, 2022

भर्खरै खुलेको ड्राइभिङ लाइसेन्सको अनलाइन फारममा फेरि समस्या

यातायात व्यवस्था विभागले गभग साढे २ महिना सवारीचालक अनुमति पत्रको लागि हिजो साँझ ६ बजे देखि अनलाइन आवेदन खुलाएको छ । तर ओटीपी कोड मोबाइलमा नआउँने वा धेरै समयपछि आउँने समस्याले सर्वसाधरणमा निरासा छाएको छ ।

अहिले सर्वसाधरणले फारम भर्ने अघी आफ्नो व्यक्तिगत विवरण सहित विस्तृत प्रोफाइल बनाउँनु पर्दछ । यसका लागि प्रणालीबाट सेवाग्राहीको युजरनेम र पासवर्ड क्रियट गर्नु अघि प्रमाणीकरण स्वरूप उपलब्ध गराइएको मोबाइल नम्बरमा एउटा ओटीपी कोड आउँछ। उक्त कोड सिस्टममा हालेपछि मात्र अन्य प्रकियाहरु पूरा गर्न सकिन्छ । तर ओटीपी कोड पाउँन सास्ती भइरहेको सर्वसाधरण गुनासो रहेको छ ।

पहिलो चरणमै अन्याधिक आवेदन आएको हुनाले केहि समस्या आएको र यसको चाडो भन्दा चाडो समाधानको लागि काम भईरहेको यातायात विभागले जनाएको छ ।

सर्वसाधरणले यातायात विभागको वेवसाईट applydi.dotm.gov.np मा लगईन गरि नयाँ आवेदन फारम भर्न सक्नेछन् ।

त्यस्तै वर्ग थपको लागि भने अर्को हप्ता सोमबारबाट खुल्ला गरिने विभागले जनाएको छ । अब पहिला जस्तो पालो पर्खिन धेरै समय नलाग्ने भएको छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here