भारतीय अभिनेत्री प्रियंका चोपडाले आफ्नो रोल्स-रोयस घोस्ट गाडी बेंगलुरुका एक व्यापारीलाई बेचेकी छिन् । उनले बेचेको व्यापारीको नाम र रकम भने गोप्य राखेकी छिन्। यो सुचना पहिला बलिउडको चर्चित ट्याब्लोइड वेबसाइट पिंकभिलाले सार्वजनिक गरेको हो ।
अभिनेत्री प्रियंका अहिले आफ्नो श्रीमान् सँग संयुक्त राज्य अमेरिकामा बस्दै आईरहेकी छिन्। प्रायजसो अमेरिका बस्ने हुनाले उनको कार लामो समयसम्म प्रयोग नगरिएको र ग्यारेजमा यतिकै अवस्थामा रहेका कारण उनले गाडी बेचेकी हुन्। सन् २०१३ मा अभिनेत्री चोपडा र उनका पतिले करिब ४.५ करोडमा कालो र चाँदीको डुअल-टोन पेन्ट रहेको रोल्स-रोयस घोस्ट गाडी किनेका थिए ।
उनी भारतमा हुँदा नियमित रूपमा कार प्रयोग गर्दै आएकी थिइन् । यसका साथै कारको शौकिन अभिनेत्री प्रियंका उवर-लक्जरी सेडान चड्ने पहिलो महिला कलाकार मध्ये एक थिइन् ।
अभिनेत्री प्रियंकाले प्रयोग गरेको रोल्स-रोयस घोस्टको गाडी अघिल्लो जेनरेशनको मोडेल रहेको थियो । अहिले भने यसको नयाँ अपग्रेड आईसकेको छ ।
भारतमा भारी मूल्य ट्यागको बावजुद, रोल्स-रोयस घोस्ट गाडी सबैभन्दा किफायती मोडेलहरू मध्ये एक हो। यसअघी यो गाडी भारतका बलिउड ए-लिस्ट अभिनेताहरू बीच लोकप्रिय रहेको थियो ।