हामी धेरैजसो दैनिक सडक यात्रा गरिरहेका हुन्छौँ, चाहे त्यो कार, बाइक, बस, वा पैदल मै होस । जसरी यात्रा गर्दा पनि, हामीलाई दैनिक यात्रामा बाटाका खाल्डाहरू धेरै नै बाधा पुर्याउछन । नेपालको बाटोहरुको अवस्था यस्तो भईसकेको छ कि, प्रत्येक चोटि जब तपाईं बाटोमा निस्कनुहुन्छ, तपाईंले खाल्डाहरूबाट कसरी जोगिएर हिड्ने भन्ने सोच्नुपर्छ । सडकमा भएका सबै खाल्डाखुल्डीबाट बच्न धेरै गाह्रो हुन्छ; तसर्थ, सडकमा यात्रा गर्दा होशियार हुनुपर्छ विशेष गरी वर्षाको समयमा । आज हामीले खाल्डाहरूले, तपाईंको सवारीसाधनमा हुन सक्ने क्षति र बच्ने उपायहरु सूचीबद्ध गरेका छौं ।
खाल्डोले, गाडीमा सबैभन्दा धेरै क्षति गर्ने भनेको टायरको क्षति हो । खाल्डोमा सबैभन्दा सुरुमा ठोकिने गाडीको भाग भनेको टायर हो, त्यसैले तिनीहरू धेरै बिग्रेर टायर फ्ल्याट हुने सम्भावना उच्च हुन्छ । त्यसैले हरेक चोटी खाल्डोमा टायर उफ्रेपछि टायरको जाँच गरिहाल्नु पर्छ र हावा चेक गरेर हावा हाल्नु पर्ने हुन्छ ।
कारको अर्को सजिलै क्षति हुने भनेको पाङ्ग्राहरूमा हो । खाल्डोमा गाडी उफ्रेपछी त्यसको नराम्रो प्रभाव पाङ्ग्राहरू पर्न जान्छ र कहिलेकहिँ रिम बाङ्गिन पुग्छ । यदि कार धेरै तीव्र गतिमा खाल्डोमा पर्यो भने, यसले पाङ्ग्रामा धेरै क्षति पुर्याउँछ, जुन हामीले सजिलै देख्न सक्छौँ । अथवा ड्राइभिङ गर्दा स्टेयरिङ ह्वीलको भाईब्रेसनले रिममा पुगेको क्षति थाहा पाउन सकिन्छ । यस्तो समस्या आएको अवस्थामा समस्या पत्ता लगाउन र सुधार गर्नको लागि आफ्नो गाडीलाई वर्कशप लग्न ढिला गर्नु हुदैंन । यदि पाङ्ग्राको क्षति ठूलो छ भने, त्यसलाई बदल्नु वा मर्मत गर्न ढिलाई गर्नु हुदैन ।
कारको राम्रो सस्पेन्सनको कारणले गर्दा हामीले नयाँ कारमा सहज राइडिङको अनुभूति गर्छौं । निरन्तर खाल्डाखुल्डीमा मर्मत नगरी गाडी कुदाउँदा गाडीको सस्पेन्सनमा समस्या आउने गर्छ । कारलाई थप क्षति हुनबाट जोगाउन, कारलाई नियमित मेकानिककहाँ लैजानुपर्छ ।