इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।
निगमको विज्ञप्तिका अनुसार आईओसीले पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ ।
अब केहि दिनपछि नेपाल आयल निगमले आधिकारिक रुपमा नयाँ मूल्यसूची सार्वजनिक गर्नेछ ।
यो आर्थिक वर्षको असार मसान्तसम्ममा निगमलाई करिब ५५ देखि ६० अर्वसम्म नोक्सानी हुने अनुमान गरिएको छ ।
