Tuesday, September 27, 2022

असोज ८ गतेदेखि चितवनमा पठाओ सेवा

पठाओले आफ्नो सेवा देशभर विस्तार गर्ने उद्देश्यले चितवनमा पठाओ सेवा सुरु गर्ने भएको छ । यसको लागि सबै तयारी भइरहेको र पुरा हुने बित्तिकै सन्चालनमा आउने कम्पनीले जनाएको छ ।

कम्पनीले असोज ८ गतेदेखि चितवनमा अटो र बाइकमा राइड सेवा सुरु गर्ने जनाएको छ । यसका साथै निकट भविष्यमा कम्पनीले आफ्नो सबै सेवा सन्चालन गर्ने बताएको छ । कम्पनीले राइडरलाई भरतपुर कान्ती चोकमा रहेको पठाओको कार्यलयमा गएर आफ्नो सम्बन्धित कागजात बुझाउँन आग्रह गरेको छ ।

पठाओ मूलतः ढाका, बंगलादेशमा मुख्यालय रहेको बंगलादेशी अन-डिमान्ड डिजिटल प्लेटफर्म कम्पनी हो । ‘पठाओ’ शब्दले बंगाली र नेपाली दुवैमा ‘पठाऊ’ भन्ने अर्थ बुझाउँछ । सुरुमा एक डेलिभरी कम्पनी रहेको पठाओ २०१६ मा राइड-सेयरिङ प्लेटफर्ममा परिणत भयो । पठाओ नेपालले, २४ सेप्टेम्बर २०१८ मा आफ्नो बाइक सेवाहरू, ९ अगस्ट २०१९ मा कार सेवाहरू, र २ अक्टोबर २०२० मा खाना डेलिभरी सेवाहरू सुरु गरेको हो ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here