Tuesday, November 29, 2022

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी ‘दसैं महोत्सव २०७९’ नामकरण गर्दै आफ्नो सबै प्लाटफर्ममा दशैं अफर सार्वजनिक गरेको थियो ।

अफर अन्तर्गत बम्पर उपहारमा लक्की ड्रमार्फत आदित्य मोक्तानले पल्सर २२० र तारापति बिसीले डिस्कभर १२५ मोटरसाइकल जतेका छन् । राइडर, क्याप्टेन र फुडम्यानमध्ये दुवै राइडर आदित्य र तारापतिले बम्पर उपहार जित्न सफल भएका हुन् ।

अफर अन्तर्गत पठाओबाट आम्दामी गरिरहेकाहरुले लक्की ड्र मार्फत हरेक हप्ता टिभी, फ्रिजका साथै अन्य थुप्रै आकार्षक पुरस्कारहरु जितेका छन् । पहिलो हप्ता राइडर राजु गुरुङ, क्याप्टेन प्रेमबहादुर बराम र फुडम्यान सुकलाल स्याङ्तानले ३२ इन्चको स्मार्ट टेलिभिजन, दोस्रो साताका विजेता राइडर बुद्धवीर तामाङ, क्याप्टेन सुनिलकुमार चौधरी र फुडम्यान सुर्यबहादुर श्रेष्ठले सामसुङको फ्रिज जितेका छन्।

यसका साथै, तेस्रो साताको विजेता अन्तर्गत ३२ इन्चको स्मार्ट टेलिभिजन राइडर सन्जय श्रेष्ठ, क्याप्टेन सोनाम श्रेष्ठ र फुडम्यान गोविन्द माझीले प्राप्त गरेका छन्।

यो अफर भदौ २३ गतेदेखि सुरु भएर असोज १२ गते सम्पन्न भइसकेको छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here