यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्रको लागि आज साँझ ६ बजे देखि अनलाइन आवेदन खुलाउने भएको छ ।
विभागले एक सूचना प्रकाशित गरी यसको जानकारी दिएको हो । हालसम्म परेका अनलाइन आवेदनहरु आजदेखि रद्द गरि जेठ १६ गेत बेलुृका ६ बजेदेखि नयाँ लाइसेन्स आवेदन प्रणाली सुरु हुने भएको हो। जसका लागि applydi.dotm.gov.np मा लागईन गरि नयाँ आवेदन फारम भर्नुपर्ने छ ।
त्यस्तै वर्ग थपको लागि भने अर्को हप्ता सोमबारबाट खुल्ला गरिने विभागले जनाएको छ । अब पहिला जस्तो पालो पर्खिन धेरै समय नलाग्ने भएको छ ।
