Tuesday, September 27, 2022

फुल चार्जमा काठमाडौं देखि निजगढसम्मको यात्रा तय गर्न सकिने इलेक्ट्रीक स्कुटर आउँदै

भारतीय ब्राण्ड ओडिसीको नयाँ इलेक्ट्रीक ‘ओडिसी हक प्लस’ स्कुटर नेपाल आउँन लागेको छ । ओडिसीको नेपालका लागि आधिकारिक वितरक कम्पनी इगो अटोमोटिभ्सले नेपालीहरुको बढ्दो इलेक्ट्रीक स्कुटरको मागलाई मध्येनजर गरेर नयाँ स्कुटर नेपाल भित्र्याउँन लागेको हो ।

यो स्कुटरको मूल्य भारतमा करिब १ लाख १५ हजार भारु रहेको छ । नेपालमा भने यसको आधिकारिक मूल्य निर्धारण गरिएको छैन् तर जानकारहरुका अनुसार यसको मूल्य ३ लाख रुपैयाँको हाराहारीमा हुनेछ ।

२.९६ किलोवाट ब्याट्रि क्षेमता भएको यो स्कुटर फुल चार्जमा काठमाडौं देखि निजगढ अर्थात १७० किलोमिटरको यात्रा तय गर्न सक्दछ । निजगढमा ४ घण्टा आरामा गरेर फेरि निजगढ देखि काठमाडौं फर्किन सकिने छ । यसको मतलब यसको ब्याट्रि फुल चार्ज गर्न ४ घण्टाको समय लाग्दछ । यसमा २.८८ किलोवाट क्षमताका लिथियम आयन ब्याट्री प्याक रहेको छ ।

४५ किलोमिटर प्रति घण्टाको उच्च गरि लिन सक्ने यो स्कुटरमा १८०० वाटको मोटर रहेको छ । यसले ४४ एनएम टर्क उत्पादन गर्दछ । यसमा ब्लूटूथ कनेक्टीभीटी, कि लेस स्टार्ट, ट्युवलेस टायर, इन्सट्रुमेन्ट कल्स्टर, मोवाइल चार्जिङ पोर्ट जस्ता फिचरहरु रहेका छन् ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here