नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले हालै नयाँ स्किम सार्वजनिक गरेको छ । स्किम अनुसार अब टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर किन्दा दुई वर्ष सम्म रोड ट्याक्स तिर्नु नपर्ने भएको छ ।
कम्पनीले ‘टीभीएसको साथ, दुई वर्षको लागि नो रोड ट्याक्स’ नामक अफर सार्वजनिक गरेको हो । सामान्यतः एक वर्षको रोड ट्याक्स धेरै कम्पनीहरुले निःशुल्क गर्ने भए पनि दुई वर्षको ट्याक्स नै टीभीएसले आफै तिरिदिएर निःशुल्क गर्ने भएको हो ।

त्यस्तै हाल टीभीएसका कुनै पनि शोरुमबाट मोटरसाइकल वा स्कुटर खरिद गर्दा ४० प्रतिशत सम्म रकम डाउन पेमेन्ट गरी शून्य प्रतिशत ब्याजदरमा १८ महिना सम्म किस्ता तिर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । यसका लागि फाइनान्सको सुविधा समेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।