Tuesday, September 27, 2022

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ । नेक्सनको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भृकुटीमण्डमा सुरु भईरहेको नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नयाँ प्राइम भेरियन्ट सार्वजनिक गरेको हो । नेपाली बजारमा यसको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यो इलेक्ट्रिक एसयूभीले फुल चार्जमा ३१२ किलोमिटर (एआरएआई प्रमाणित) को रेन्च प्रदान गर्दछ यसमा रहेको डीसी चार्जरले ६० मिनेट भित्र १० देखि ८०% सम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । १५ए प्लग सकेटबाट भने यसले १० देखि ९० प्रतिशत चार्ज गर्दा ९ घण्टा जतिको समय लाग्दछ । यसमा ३०.२ किलोवाटआवरको लिथियम-आयन ब्याट्री प्याक समावेश गरिएको छ जसले १२७ बीएचपी पावर र २४५ एनएम टर्क उत्पादन गर्दछ । । यसमा शक्तिशाली र उच्च दक्षताको १२९ पीएस चुम्बक एसी मोटर जोडिएको छ । जसले २४५ एनएम टर्क उत्पादन गर्दछ ।

फिचरको कुरा गर्दा यसमा क्रुज कन्ट्रोल, स्मार्ट वाच कनेक्टीभिटी, टायर प्रेसर मोनिटरिङ सिस्टम, रिजेनेरेशन सिस्टम जस्ता फिचरहरु रहेका छन् ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

यातायात मजदुर संगठनः २० वर्षे सवारीसाधन हटाउने निति अवैज्ञानिक

यातायात मजदुर संगठन आबद्ध मजदुरले सरकारले ल्याएको सवारी साधनको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here