नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै २० लाख रुपैयाँसम्म जित्ने अफर ल्याएको छ । योजनाअन्तर्गत यामाहाका कुनै पनि सवारी साधन खरिद गर्दा स्योरसट ८ हजार ३१६ देखि २ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सकिने कम्पनीले जनाएको छ ।
यामाहाका बाइक/स्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक शोरूमबाट खरिदपश्चात यस अफरमा भाग लिन पाउनेछन् । कम्पनीका अनुसार ग्राहकहरू यामाहाको आधिकारिक वेबसाइटबाट दैनिक रूपमा खेलाउने डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जित्न सक्नेछन् ।
यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले ग्राहकहरूको सन्तुष्टि नै कम्पनीको खुसी भएको भन्दै सम्भवतः नेपालका लागि पहिलो र अहिलेसम्मकै ठूलो उपहार भएको दाबी गरे । यस अफर ६ चैतदेखि सुरु भएको र जेठ पहिलो हप्तासम्म चल्ने छ ।