फ्रेन्च अटो निर्माता सिट्रोनले भारतमा इलेक्ट्रिक कार उत्पादन गर्ने भएको छ । स्टेलान्टिसका सीईओ कार्लोस टाभारेसले, भारतको लागि कम्पनीको ईभी रणनीति सार्वजनिक गर्दा यो घोषणा गरेका हुन् । यो कार भारतमा मध्यम-वर्गीय उपभोक्ताहरूका लागि ध्यानमा राखेर इन्जिनियर गरिएको बताएको छन् ।
पहिलो कार चाँडै लन्च हुने सिट्रोन सी३, क्रसओभर ह्याचब्याकको EV संस्करण हुने अपेक्षा गरिएको छ जुन वास्तवमा सब-४ मिटर मोडेल हो । सी ३ अर्को महिना भारतमा लन्च हुनेछ – यद्यपि यो परम्परागत इन्धन भेरियन्ट लाइनअप हुनेछ । EV भेरियन्ट अर्को वर्ष आउने छ ।
पेट्रोल इन्जिन युक्त सिट्रोन सि थ्री पनि नेपाल आउने छ । कम्पनीले इभी ल्याउने जनाएपनि त्यसमा रहने ब्याट्री, मोटर र टेक्नीकल डिटेलको विषयमा केही कुरा बाहिर आएको छैन ।
सिट्रोन नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । बजारमा अहिले यसको सि५ एयरक्रस एसयुभी बिक्री हुँदै आइरहेको छ । नेपाली बजारमा सांग्रिला मोटर्सले यो ब्रान्डको आधिकारिक वितरकका रुपमा कारोबार गर्दै आइरहेको छ ।