नेपाल विद्युत प्राधिकरणले टाटा नेक्सनको ‘नेक्सन इभी एक्सजेड प्लस लग्जरी’ इलेक्ट्रीक कार किनेको छ । विद्युतीय सवारीसाधनको प्रयोग बढाउने उद्देश्यका साथ प्राधिकरणले २० यूनिट इलेक्ट्रीक कार किनेको हो ।
नेपाली बजारमा अहिले ‘नेक्सन इभी एक्सजेड प्लस लग्जरी’ कारको मूल्य ४० लाख ९९ हजार रुपैयाँ रहेको छ ।
नेपाल विद्युत प्राधिकरणले यसअघी पनि विभिन्न मोडलका गाडीहरु किन्दै आएको छ । प्राधिकरणले बीवाइडी, महिन्द्रा, हुन्डाई जस्ता ब्राण्डका विद्युतीय गाडी खरिद गरिसकेको छ ।
युवा तथा व्यासायिहरुमा टाटा नेक्सनको गाडी निकै नै प्रख्यात रहेको छ ।